पोखरा । काठमाडौँमा पूर्वराजा समर्थकहरूको हिंसात्मक आन्दोलनमा परी पत्रकारको मृत्यु भएको घटनाप्रति देशभरका पत्रकारसम्बद्ध विभिन्न संघसंस्थाले विरोध गरेका छन् ।
शुक्रबार प्रदर्शनकारी समूहले गरेको आन्दोलनको भिडिओ खिच्ने क्रममा एभिन्युज टेलिभिजनका क्यामेरापर्सन सुरेश रजकको शव जलेको अवस्थामा भेटिएको थियो ।
पत्रकारको छाता संस्था नेपाल पत्रकार महासंघसहित विभिन्न संघसंस्थाले सो घटनाप्रति दुःख व्यक्त गर्दै प्रेस स्वतन्त्रता तथा दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।
आज शनिबार बिहान काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो ।
महासंघले आफ्नो स्थापना दिवस मनाउन विभिन्न कार्यक्रम तय गरेको भएपनि बदलिएको परिस्थितिका कारण महासंघले स्थापना दिवसका पूर्वनिर्धारित सम्पूर्ण कार्यक्रम स्थगित गरी प्रदर्शनमा उत्रिएको जनाएको छ ।
यसैबीच, आज नेपाल पत्रकार महासंघ कास्कीले पनि शोक र बिरोधसभा गरेको छ।
नेपाल पत्रकार महासंघ कास्की शाखाको आयोजनामा पोखराको शहिद चोकमा उक्त कार्यक्रम गरेको हो ।
उक्त कार्यक्रममा महासंघका कास्की शाखाका अध्यक्ष माधव बराल लगायतले पत्रकार र संचारकर्मी माथिको आक्रमण सह्य नहुने बताएका छन् । साथै दोषीलाई कारबाही गर्न जोडदार माग गरेका छन् ।
सम्बन्धित खबर
पोखराको फिर्केखोला अतिक्रमण मुक्त बनाउने अभियान बीचमै रोकेपछि महानगरलाई ध्यानाकर्षण
संघीय कानुनसँग बाझिएपछि गण्डकी प्रदेश प्रमुख भट्टले प्रमाणीकरण नगरी फिर्ता गरे गाँजा विधेयक
लोकगीतमै नेपालीपन देख्ने जनकविकेशरी थापाको योगदान अविष्मरणीयः प्रदेश प्रमुख भट्ट
पोखराको पालिखेचोकमा मोटरसाइकल दुर्घटना, पर्वतका २४ वर्षीय सुनारको मृत्यु
पत्रकार केशव पाठकसहित सात जना प्रदेश खेलकुद पदकबाट विभुषित
बाल यौन दुर्व्यवहार आरोपमा पोखरा १२ स्थित सरस्वती आविका प्रअ रानाभाट पक्राउ
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो