भिरबाट लडेका वृद्धको डढेलोमा परेर मृत्यु

भिरबाट लडेका वृद्धको डढेलोमा परेर मृत्यु

jalera mritu

पाल्पा । पाल्पामा डढेलोमा परेर एक वृद्धको मृत्यु भएको छ।

वनमा लागेको डढेलो निभाउन गएका रिब्दीकोट गाउँपालिका–७ पालुङमैनादीका ६१ वर्षीय टेकबहादुर सर्तुङ्गी मगरको आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार घर नजिकै रहेको पालुङ सामुदायिक वनमा लागेको डढेलो निभाउन गएका मगर भिरबाट डढेलो लागेको ठाउँमा खसेका हुन् ।

भिरबाट २० मिटर जति तल आगोमा खसेर जलेको अवस्थामा उनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds