पोखरा महानगरपालिका–२५ हेम्जा आलु खेतीका लागि प्रसिद्ध छ । हेम्जाको कुल १३ हजार ५ सय हेक्टर क्षेत्रफलमध्ये ५ सय ५० हेक्टरमा आलु खेती गर्ने गरिन्छ । त्यहाँका २ हजार घरपरिवार कृषिमा आधारित रहेकोमा १ हजार ५० कृषकले व्यावसायिक आलु खेती गर्दै आएका छन् ।
‘सुन्दर ठाउँ हेम्जा आलु खेतीका लागि प्रसिद्ध छ जाउँ, आलुका स्वादिष्ट परिकार खाउँः आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ विष्णु पादुका क्लबको आयोजनामा अहिले हेम्जामा १३औँ संस्करणको राष्ट्रिय हेम्जा आलु महोत्सव चलिरहेको छ ।

हेम्जामा आलु खेतीको बढ्दो विस्तारसँगै यसको विशिष्टीकृत पहिचानमा सहयोग पु¥याउने लक्ष्यका साथ विगत १३ वर्ष यता लगातार आलु महोत्सव गर्दै आइएको आयोजक विष्णु पादुका क्लबका अध्यक्ष वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।
किसनले कार्तिकमा लगाएर चैत्रसम्म आलु भित्राउने गरेको हेम्जाका कृषक जयराम तिमिल्सिनाले बताए । उनकाअनुसार हेम्जामा हिउँदे आलुको मात्रै खेती गरिन्छ । सहज बाटो र यातायातको पहुँच भएकाले हेम्जाको आलु बजार पुग्न सजिलो भएको तिमिल्सिनाले सुनाए ।
महोत्सव स्थलमा अहिले ४० क्विन्टल आलु राखिएको छ । महोत्सव अवधिभर आलु प्रतिकेजी ४२ रुपैयाँमा किन्न सकिन्छ । महोत्सव वैशाख ३ गतेसम्म चल्नेछ ।
सम्बन्धित खबर
र्याफ्टिङमा पोखराको अपर सेतीमा पर्यटकको आकर्षण
पोखरा–दुबई उडानको एक वर्षको टिकट बुकिङ खुला
पोखरा बस दुर्घटनाको छानबिन गर्न महानगरले बनायो समिति
पोखरामा स्कुल बस दुर्घटना, ४ विद्यार्थीसहित ५ जनाको मृत्यु
गण्डकी प्रदेश प्रमुख भट्ट समक्ष अख्तियारको प्रतिवेदन पेस
नवप्रवर्तन र प्रविधिमैत्री शिक्षाका लागि एसओएस गण्डकी र एआईसीएनबीच सहकार्य
यो पनि पढौँ
पोखरामा स्कुल बस दुर्घटनाः थप एक जना विद्यार्थी रहेनन्
पोखराका युवा उद्यमी किरण केसी काँग्रेसको केन्द्रीय सदस्य (खुल्ला) मा निर्वाचित
जीबी राईको अडियो प्रायोजित हुन सक्छ : हर्क साम्पाङ
युरोपभर अस्थिरता : फ्रान्स, बेल्जियम, इटली र पोर्चुगलमा प्रदर्शन