अछामको जयगढ बजारमा भीषण आगलागी, २७ घर जलेर नष्ट

अछामको जयगढ बजारमा भीषण आगलागी, २७ घर जलेर नष्ट

aago

सांकेतिक तस्वीर

अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिका ३ स्थित जयगढ बजारमा भीषण आगलागी भएको छ। आगलागीबाट २७ घर जलेर नष्ट भएका छन् ।

मंगलबार बेलुका ७ बजेतिर मुख्य बजारमा पुष्पराज शर्माले सञ्चालन गरेको आइएमई केन्द्रमा रहेको सिलिण्डर ग्यास पडकिएर आगलागी भएको हो।

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरीका अनुसार आगलागीबाट झण्डै ७ करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

आगोले १५ वटा कच्ची टिनका टहरा, १० वटा ढुङ्गा–माटोका घर र २ वटा पक्की घर पूर्णरूपमा जलेका हुन् । आगोले २७ घरमा रहेका ३० वटा पसल जलेका प्रहरीले जनाएको छ ।

मानवीय क्षति भने भएको छैन । झन्डै ६ घण्टापछि मात्रै आगो निभइएको प्रहरीले जनाएको छ । साँघुरो बाटोका कारण मङ्गलसेन नगरपालिकाबाट गएको दमकल प्रयोग गर्न नसकिएको प्रहरीले जनाएको छ ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयवासी मिलेर आगो निभाएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ