पोखरा । देशका केही स्थानमा आज शुक्रबार बदली, वर्षा र हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। यसका साथै बंगालको खाडीबाट भित्रीरहेको जलवाष्पयुक्त हावाको समेत प्रभाव रहेको छ।
अहिले देशका केही स्थानमा बदली भएको छ ।
आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ। देशको पहाडी भू-भागका केही स्थानहरूमा तथा देशका बाँकी क्षेत्रका थोरै स्थानहरूमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।
यस्तै, आज राती सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी क्षेत्रमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भू-भागका थोरै स्थानहरूमा तथा बाँकी क्षेत्रका एक-दुई स्थानमा मेघगर्जन चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।
सम्बन्धित खबर
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध उजुरी आह्वान, १० दिनको समयसीमा
रास्वपाले आफ्ना सांसदलाई आजदेखि संसदीय अभ्यास र नेतृत्व विकास सम्बन्धी प्रशिक्षण दिँदै
सर्वोच्चले भन्यो– ‘सुकुमवासीलाई जबर्जस्ती नहटाउनू’
सुधारको नाममा राज्यका संस्थाहरू क्रमश: व्यक्ति केन्द्रित बनाइँदैछ: ओली
हर्कको श्रम संस्कृति पार्टीमा सुदन, बने वरिष्ठ नेता
प्रधानन्यायाधीश सिफारिसमा आपत्ति जनाउँदै हर्कले भने- चुपचाप घण्टी छापको करामत !
यो पनि पढौँ
कास्कीको रुपामा बुबाको हत्या गरेको आरोपमा छोरा पक्राउ
पाेखरामा सुकुम्बासीको आन्दोलन घोषणा
पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वमन्त्री कार्कीसहित १४ जनाविरुद्ध मुद्दा दायर
सुदनको आरोप- ‘बालेनमा हिटलर र मुसोलिनी बन्ने सपना जागेको देखिन्छ’