पोखरा । पोखरा जेसीजको स्वर्णजयन्ती समापन समारोह र गाला डिनर कार्यत्रम शुक्रबार सम्पन्न भएको छ ।
कार्यक्रममा पोखरा जेसीजको गौरबमय ५० औँ वर्ष पूरा गरेको अवसरमा सम्पूर्ण पूर्व अध्यक्षबाट सामुहिक रुपमा स्वर्ण जयन्ती विशेष स्मारिका बिमोचन गरिएको थियो ।
कार्यक्रमा वर्ष १९८० का अध्यक्ष हरिकृष्ण बास्तोला, वर्ष २०११ का अध्यक्ष सिनेटर रबिन्द्र गुरुङ र वर्ष १९९१ का अध्यक्ष बसन्त उदासले आफ्नो भनाई राखेका थिए । समापन समारोह संयोजक वर्ष २०१४ का अध्यक्ष सिनेटर तिलकराम पौडेलले गरेका थिए ।
समापन समारोह पछि सेम्पेन सेलिब्रेट गरी औपचारीक रुपमा गाला डिनर सामुहिक रुपमा सेलिब्रेट गरी साङगेतिक कार्यक्रमा सहभागिता सहित गाला डिनर संचालन भएको थियो ।
कार्यक्रममा पोखरा जेसीजका पूर्व अध्यक्षहरू, बोर्ड पदाधिकारी, साधारण सदस्य, अस्थाई सदस्य, छिमेकी शाखाका अध्यक्षहरुको उपस्थितिमा भब्य समारोहका साथ कार्यक्रम भव्य सम्पन्न भएको स्वर्णजयन्ती समारोह संयोजक सिनेटर सुवास सिग्देलले जानकारी गराए ।
कार्यक्रममा पोखरा जेसीजका पूर्व अध्यक्षहरू, बोर्ड पदाधिकारी, साधारण सदस्य, अस्थाई सदस्य, छिमेकी शाखाका अध्यक्षहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
लेकसाईड स्थित होटल पौवामा भएको उक्त कार्यक्रम जेसीज वर्ष २०२५ का अध्यक्ष जेसी भाईराज रानामगरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य पोखरा जेसीज वर्ष २०१० का अध्यक्ष पशुपाती शर्माले राखेका थिए भने कार्यक्रम सञ्चालन पोखरा जेसीज वर्ष २०२५ का महासचिव जेसी रबिन पौडेलले सञ्चालन गरेका थिए ।
सम्बन्धित खबर
‘सरकारविरुद्ध आन्दोलनमा जानुपर्ने हुनसक्छ, तयार रहनू’: शंकर पोखरेल
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
यात्रुसहितको कार सुनकोसीमा खस्यो, कार र यात्रुको अवस्था अज्ञात
ग्यास अभावले उपभोक्ता हैरान, खाली सिलिण्डर एकै पटक भर्न खोज्दा कृत्रिम अभाव
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
सुस्तामा भारतीय एसएसबीको दादागिरी, नेपाली भूमि पसेर अस्थायी बाँध भत्कायो
यो पनि पढौँ
प्रतिभाका सबिन देशभरमै तेस्रो, गण्डकीमा पहिलो
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
पाकिस्तानमा हिमपहिरोमा हराइरहेका निम्सदाइ सहित अन्य पाँच नेपाली जीवित भेटिने आशा कमजोर, युक्तको शव निकालियो
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो