काठमाडौँ । काठमाडौँमा ठूलो परिमाणमा अबैध सुनचाँदी कारोबार गर्ने ९ जना भारतीय नागरिक पक्राउ परेका छन् ।
यही वैशाख २ गते जिल्ला प्रहरी परिसर, काठमाडौँ र प्रहरी वृत्त बौद्वबाट खटिएको प्रहरी टोलीले विभिन्न सुन रिफाईनिङ एण्ड टंच सेन्टरहरुमा खानतलासी गर्दा उनीहरु बिल बिजक बिनाको सुन र चाँदी तथा नगतसहित पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा भारत महाराष्ट्र घर भई हाल काठमाडौँ बस्ने वर्ष ३० को नबनाथ बाकुकसीद, बर्ष २० को सन्दिप पोपट हजारे, बर्ष २२ को अन्सार दिलावर सिकल्गार, वर्ष १८ को सुरज राजेश मदने, वर्ष २१ को अरमान हनिफ ईनामदाय, वर्ष २२ को मनोज सुभाष सकट, वर्ष ३८ को अमोल कुमार गोस्ले, वर्ष २० को सुनिल मिटकरी र वर्ष २० को सुरज नन्दीवाली छन् ।
प्रहरीका अनुसार जोरपाटीबाट ६७४।८२८ ग्राम सुन, ६००९.५९ ग्राम चाँदी तथा नगद ४ लाख १९ हजार ११५ नेपाली रुपैयाँ र नगद ११ हजार ७०० भा.रु., कपनबाट १९१.८२० ग्राम सुन, ७६४०.२४४ ग्राम चाँदी तथा नगद ३ हजार ३८५ नेपाली रुपैयाँ र चावहिलबाट २०९.८७ ग्राम सुन, ४३९५.६९ ग्राम चाँदी तथा नगद ४ लाख ५ हजार नेपाली रुपैयाँ गरी जम्मा १०७६.५१८ ग्राम सुन, १८०४५.५२९ ग्राम चाँदी तथा ८ लाख २७ हजार ५०० नेपाली रुपैयाँ र ११ हजार ७०० भा.रु समेत बरामद गरेको छ ।
काठमाडौँका विभिन्न स्थानहरुमा सुन तथा चाँदीको अबैध कारोबार भई रहेको भन्ने गोप्य सूचनाको आधारमा प्रहरीले खानतलासी सुरु गरेको थियो ।
पक्राउ परेका उनीहरुलाई थप अनुसन्धानका लागि आन्तरिक राजश्व विभाग, हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।
सम्बन्धित खबर
सरकारबारे मनिष झाको टिप्पणी- शंका नभएपनि ढंग पुगेन, अब कालो चस्मा पनि हटाउनुपर्छ
रास्वपाकै सांसद प्रसाईंको प्रश्न: केले रोक्यो दुई तिहाइको सरकारलाई ?
कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेलालाई देउवाले सम्बोधन गर्ने
देउवा स्वदेश फर्कँदा पक्राउ परे कांग्रेसले प्रतिवाद गर्छ: शशांक कोइराला
ग्यास अनावश्यक सञ्चय नगर्न मन्त्री गौरी कुमारीको आग्रह
करदाता प्रोत्साहन उपहार कार्यक्रम सुरु, २५० को सामान किनेका उपभोक्तालाई १० लाखको बम्पर उपहार
यो पनि पढौँ
मर्दी हिमाल पदयात्रामा गएका पोखराका तीन युवक बादलडाँडा क्षेत्रबाट सम्पर्कविहीन
दुई किशोरीलाई गेस्ट हाउसमा लगेर सामूहिक बलात्कार गरेको आरोपमा दुई जना पक्राउ
बसले ठक्कर दिँदा सुनकोशीमा खसेकाे कारभित्र ४ यात्रु रहेको खुल्यो
गण्डकीका प्रदेश प्रमुख भट्टले गरे गाँजा विधेयक प्रमाणीकरण