आफैले पालेको गाईले हानेर एक वृद्धको मृत्यु

आफैले पालेको गाईले हानेर एक वृद्धको मृत्यु

mrityu

मोरङ । मोरङमा आफ्नै घरमा पालेको गाईले हानेर एकजना वृद्धको मृत्यु भएको छ ।

रंगेली नगरपालिका–९ दोहमनामा आफैले पालेको गाईले हानेर ७५ वर्षीय रामप्रसाद शिवकोटीको मृत्यु भएको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।

प्रहरीका अनुसार शिवकोटीलाई गोठमा काम गर्ने क्रममा गाईले हानेर बुधबार गम्भीर घाइते बनाएको थियो । टाउको, छात्तीलगायत शरीरका विभिन्न भागमा चोट लागेका वृद्धलाई उपचारका लागि राति ११ बजेतिर रंगेली अस्पताल लगियो ।

रंगेलीमा सम्भव नभएपछि थप उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल पठाइएको थियो । नोबेलमा पनि उपचार सम्भव नभएपछि घर फर्काएर लैजाँदै गर्दा बिहीबार शिवाकोटीको बाटैमा मृत्यु भएको उनको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds