‘कक्षा १२ को परीक्षा स्थगित भएको छैन’

भ्रामक सूचना

‘कक्षा १२ को परीक्षा स्थगित भएको छैन’

neb

पोखरा । ११ वैशाखदेखि सुरु हुने भनिएको कक्षा १२ को परीक्षा स्थगित भएको भन्दै सामाजिक संजालमा एउटा सूचना प्रेसित भइरहेको छ।

बोर्डका अध्यक्ष महाश्रम शर्माले भने उक्त सूचना भ्रामक रहेको जानकारी दिँदै परीक्षा स्थगित गर्ने कुनै निर्णय नभएको बताए।

यतिबेला राष्ट्रिय परीक्षा बोर्डको लेटरहेड बनाएर शुक्रबार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित भएको भनिएको छ।

तर, बोर्डले भने परीक्षा स्थगितबारे कुनै निर्णय नगरेको प्रतिक्रिया दिएको हो ।

बोर्डले आधिकारिक सूचनासमेत जारी गर्दै उक्त विषयमा ध्यानाकर्षण भएको जनाएको छ। अनधिकृत र भ्रामक सूचना सम्प्रेषण गर्ने माथि कानुनी कारबाहीको प्रक्रिया अघि बढाएको जनाउँदै बोर्डले आधिकारिक वेबसाइटमार्फत् प्रवाह हुने सूचनामा मात्रै भर पर्न आग्रह गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ