आमाले विष खुवाउँदा तीन छोराछोरीको मृत्यु, गर्भको बच्चा अप्रेसन गरेर निकालियो

आमाले विष खुवाउँदा तीन छोराछोरीको मृत्यु, गर्भको बच्चा अप्रेसन गरेर निकालियो

death body

धनुषा । धनुषामा आफ्नै आमाले विष खुवाउँदा तीन छोराछोरीको मृत्यु भएको छ। आमाको अवस्था पनि गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सहिदनगर नगरपालिका–५ बासुदेवपट्टी बस्ने सुशीलकुमार साहकी श्रमती २५ वर्षीया पत्नी बबिताकुमारी साहले सोमबार साँझ साढे ६ बजेतिर आफ्नै तीन जना छोराछोरीलाई विष खुवाएर आफूले पनि खाएकी हुन्।

विष सेवनबाट उनका ६ वर्षीय छोरा आदित्य साह, ४ वर्षीय छोरी आकृति साह र २ वर्षीय छोरी आरुसी साहको मृत्यु भएको धनुषा प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार विषादी सेवनबाट गम्भीर अवस्थामा पुगेकी बबिताको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ। उनको अवस्था गम्भीर भएकाले भेन्टिलेटरमा राखेर उपचार भइरहेको छ ।

गर्भवतीसमेत रहेकी बबिताको पेटमा रहेको ९ महिनाको बच्चा (छोरा)लाई अप्रेसन गरी जीवितै उद्धार गरिएको छ।

घरायसी विवादका कारण बबिताले छोराछोरीलाई खानामा विष मिसाएर खुवाएको र आफूले पनि खाएको प्रहरीको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको धनुषा प्रहरीले जनाइएको छ।

घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ