डोटीमा ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु

दुर्घटना

डोटीमा ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु

Accident

डोटीको भीमदत्त राजमार्ग अन्तर्गत जोरायल गाउँपालिका–१ गोल्डेनमा बुधबार बिहान मिनि ट्रक दुर्घटना हुँदा चालकसहित तीन जनाको मृत्यु भएको छ।

धनगढीबाट बझाङतर्फ खाद्यान्न र खुद्रा सामग्री बोकेर गइरहेको सु.प.प्र. ०१–००१ ख ३४२८ नम्बरको मिनि ट्रक बिहान ६:०५ बजे भिमदत्त राजमार्गको सडकबाट झन्डै ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ।

दुर्घटनामा परेर बझाङ बुङ्गल नगरपालिका–२, दहबगर निवासी ३२ वर्षीय चालक अर्जुन धामीको घटनास्थलमै मृत्यु भएको हो। साथै, ४२ वर्षीय उज्जल जाग्री र सोही ठाउँका ४० वर्षीय जगत धामीको मृत्यु भएका प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मिनि ट्रक अनियन्त्रित भई सडकबाट तल खसेको हो। घटनाबारे थप अनुसन्धान भइरहेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ