पूर्वप्रहरी महानिरीक्षक थापाको निधन

पूर्वप्रहरी महानिरीक्षक थापाको निधन

durlav

पोखरा । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक दुर्लभ कुमार थापाको निधन भएको छ ।

मंगलबार उनको ९७ वर्षको उमेरमा निधन भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

२०३५ देखि ०३९ सम्म उनी नेपाल प्रहरीको महानिरीक्षक भएका थिए। उनकै अग्रसरतामा आईजीपी निवासको निर्माण, कमाण्डो तालिमको सुरूवात, पर्यटक प्रहरी र प्रहरी पहरा गणको स्थापना भएको थियो।

सन् २०१३ मा थापा राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (महाराजगञ्ज)बाट लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मानित भएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ