काठमाडौँमा एक महिलाले आफ्नै शरीरमा पट्रोल छर्केर लगाइन् आगो

काठमाडौँमा एक महिलाले आफ्नै शरीरमा पट्रोल छर्केर लगाइन् आगो

aago

काठमाडौँ । काठमाडौँमा एक महिलाले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएकी छिन् ।

काठमाडौँ महानगरपालिका– १६, बालाजुस्थित सुकुम्वासी जागृती टोल बस्ने ४५ वर्षीया बिना श्रेष्ठले आफ्नो शरीरमा आफैं आगो लगाएकी हुन् ।

जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार सोमबार राति करिब १० बजेतिर ती महिलाले शरीरमा आगो लगाएकी हुन् । श्रीमानसँग विवाद भएपछि उनले आफ्नै शरीरमा पट्रोल छर्केर आगो लगाएको पाइएको प्रहरीको भनाइ छ ।

आगो लगाएलगत्तै परिवारका सदस्यहरूले उनलाई नयाँ बजारस्थित पिपल्स अस्पताल पुर्‍याएका थिए। अस्पतालका चिकित्सकहरूका अनुसार उनको पेट, छाती र बायाँ हातको करिब २५ प्रतिशत भाग जलेको छ।

घटनाको सम्बन्धमा प्रहरी वृत्त बालाजुले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ