जनमत र नागरिक उन्मुक्ति पार्टीबीच आज एकता हुँदै, बन्नेछ ‘नाजपा’

जनमत र नागरिक उन्मुक्ति पार्टीबीच आज एकता हुँदै, बन्नेछ ‘नाजपा’

najapa

काठमाडौँ । जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीबीच आज (बुधबार) पार्टी एकताको घोषणा हुने भएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादीमा आज बिहान ११ बजे पार्टी एकताको घोषणा गरिने बताइएको छ ।

दुई पार्टी एकता भएपछि नागरिक जनमत पार्टी (नाजपा) बन्ने छ । जसको अध्यक्ष जनमतका सीके राउत नै बन्नेछन् ।

नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठ सहअध्यक्ष बन्नेछिन् । संरक्षक रेशम चौधरी नयाँ पार्टीमा पनि संरक्षककै भूमिकामा रहने सहमति भएको छ वरीयतामा भने उनी पहिलो स्थानमा हुनेछन् । त्यसपछि सीके र श्रेष्ठ रहने सहमति भएको छ ।

एकीकरण पछि प्रतिनिधिसभामा एकीकृत पार्टीमा जनमतका ६ र नागरिक उन्मुक्ति पार्टीका चार गरी १० सांसद हुने छन् ।

दुई पार्टीको एकतापछि मधेश र थरुहट क्षेत्रमा बलियो शक्ति बन्ने नेताहरूको दाबी छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ