आफू बसेकै ठाउँबाट स्वास्थ्य बीमाको सुविधा लिन सकिनेः तीन महिना कुर्नु नपर्ने

आफू बसेकै ठाउँबाट स्वास्थ्य बीमाको सुविधा लिन सकिनेः तीन महिना कुर्नु नपर्ने

swasthya-bima-health-insurance

पोखरा । स्वास्थ्य बीमा गर्नेहरुले अब आफू बसेकै ठाउँबाट नै स्वास्थ्य बीमा सेवा पाउने भएका छन् ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले स्वास्थ्य बीमा नियमावली संशोधन गर्ने निर्णय गरेसँगै अब स्वास्थ्य बीमा गरेकाहरूले आफू जहाँ बसोबास गरेको छ सोही ठाउँबाट सेवा लिन पाउने भएका हुन् । यसबाट रेफर लिनका लागि बीमा गराएकै ठाउँमा पुग्नुपर्ने झन्झट नहुने भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलको निजी सचिवालयका अनुसार अब सेवाग्राहीले एक महिनाभित्रमा नै सुविधा उपभोग गर्न पाउने छन् । यसअघि बीमा सेवा लिन तीन महिना प्रतीक्षा गर्नु पर्दथ्यो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ