जिप दुर्घटनामा परी कानुन अधिकृतको मृत्यु

दुर्घटना

जिप दुर्घटनामा परी कानुन अधिकृतको मृत्यु

amdsaafm

पोखरा । उदयपुरको कटारी नगरपालिका– ६ सोमबारेमा जिप दुर्घटना हुँदा एक कानुन अधिकृतको मृत्यु भएको छ । अन्य ६ जना घाइते भएका छन् ।

मृत्यु हुनेमा झापाको दमक नगरपालिकामा कार्यरत न्यायिक समितिका कानुन अधिकृत ५५ वर्षीय माधव बस्नेत छन् । उनको कटारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।

प्रहरीका अनुसार मदन भण्डारी लोकमार्ग हुँदै चितवनबाट झापाको दमकतर्फ जाँदै गरेको मे १ च ३०४० नम्बरको जिप बिहीबार साँझ अनियन्त्रित भई दुर्घटना भएको हो ।

दुर्घटनामा दमक वडा नम्बर १० का अध्यक्ष राजेन्द्र भण्डारी, ६ का वडा सदस्य कमल श्रेष्ठ, सवारी चालक ३८ वर्षीय देवेन्द्र तामाङ, दमक १ का ४५ वर्षीय ज्ञानेन्द्र गौतम, दमक २ का ३८ वर्षीय नवीन खतिवडा र गौरादह नगरपालिका– १ का ५४ वर्षीय भुवन दाहाल घाइते भएका छन् ।

उनीहरुलाई उपचारका लागि विराटनगरको न्यूरो अस्पताल पठाइएको प्रहरीले जनाएको छ ।

उनीहरुको अवस्था सामान्य रहेको अस्पताल स्रोतले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ