पोखरीमा डुबेर दाजुभाइको मृत्यु

पोखरीमा डुबेर दाजुभाइको मृत्यु

dubera bepatta

सांकेतिक तस्विर

नवलपरासी । पश्चिम नवलपरासीमा पोखरीमा डुबेर दाजुभाइको मृत्यु भएको छ ।

सुनवल नगरपालिका–६ पुलटोल बस्ने विष्णु कुँवरका दुई छोराहरू १० वर्षका विप्सन र ८ वर्षका दिप्सनको पाखरीमा डुबेर मृत्यु भएको हो ।

शुक्रबार साँझ पोखरीमा एक बालक तैरिहरेको देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

खोजी गर्ने क्रममा अर्का बालकको पनि शव तैरिएको अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।

उनीहरू स्थानीय जनसेवा माध्यमिक विद्यालयमा कक्षा २ र कक्षा ४ मा अध्ययनरत थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ