तीनकुने क्षेत्रमा आगजनी र तोडफोड गर्ने थप एकजना पक्राउ

तीनकुने क्षेत्रमा आगजनी र तोडफोड गर्ने थप एकजना पक्राउ

pakrau-1

काठमाडौँ । काठमाडौँको तीनकुने क्षेत्रमा चैत १५ गते आगजनी तथा तोडफोडमा संलग्न भएको आरोपमा थप एक जना पक्राउ परेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले नुवाकोटको लिखु गाउँपालिका ३ घर भई हाल काठमाडौँ महानगरपालिका ७ बस्ने ७२ वर्षका खेमराज सेढाईलाई पक्राउ गरेको हो।

योसँगै प्रहरी हिरासतमा हुनेको संख्या ५७ पुगेको छ। प्रहरीले २५ जनाविरूद्ध राज्यविरूद्धको कसुरमा अनुसन्धान गरिरहेको छ। त्यसमध्ये पनि ८ जनामाथि ज्यान सम्बन्धी कसुरमा प्रहरीले अनुसन्धान गरिरहेको छ।

प्रहरीले आपराधिक उपद्रवमा पक्राउ परेकाहरू ३३ जनालाई हाजिर जमानीमा राखेको छ।

अझै केही व्यक्ति फरार रहेको र उनीहरुको पनि खोजि भइरहेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds