४० लाख बढी हुन्डीको रकमसहित दुई जना पक्राउ

४० लाख बढी हुन्डीको रकमसहित दुई जना पक्राउ

pakrau-1

काठमाडौँ । काठमाडौँबाट ४० लाख ३२ हजार ५ सयहुन्डीको रकमसहित दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा देश भारत, कलकत्ता 6/D North Road यादवपुर घर भइ काठमाडौँ महानगरपालिका २३ ओम बहाल बस्ने वर्ष ६७ को सुरज दत्त र रुपन्देही, देवदह नगरपालिका घर भइ चन्द्रागिरी नगरपालिका १५ तिनथाना बस्ने वर्ष ६३ को धर्म प्रसाद ढकाल रहेका छन् ।

उनीहरुलाई मंगलबार साँझ विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर, काठमाडौँबाट खटिएको प्रहरी काठमाडौँ २४ स्थित विशाल बजार कम्पनी लिमिटेडको भुइँ तलाबाट पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट नगद रु। ४० लाख ३२ हजार पाँच सय हुन्डीको रकम समेत बरामद गरेको छ ।

यस्तै, १ हजार दरको ४ हजार २० ओटा रु. ४० लाख २० हजार र ५०० दरको २५ ओटा रु. १२ हजार ५०० दसी, सामसुङ कम्पनीको A55 मोबाइल १ थान, A50 मोबाइल १ थान साथै, विभिन्न बचत तथा ऋण सहकारी संस्था लि.को हस्ताक्षर मात्र गरेको खाली चेक २ थान, विभिन्न बचत तथा ऋण सहकारी संस्था लि. को चेक १९ थान र विभिन्न बचत तथा ऋण सहकारी संस्था लि. को पासबुक ११ थान पनि बरामद गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ