कञ्चनजंघा आरोहणका क्रममा फ्रान्सेली महिलाको मृत्यु

कञ्चनजंघा आरोहणका क्रममा फ्रान्सेली महिलाको मृत्यु

kanchanganga-himal

पोखरा । ताप्लेजुङको कञ्चनजंघा हिमाल आरोहणका क्रममा एक फ्रान्सेली महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा ६३ वर्षीया मार्गेटा मोरिङ रहेकी छन्।

जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार जिल्लाको सिरीजङ्घा गाउँपालिका– ८ स्थित कञ्चनजंघा हिमालको दक्षिणी धारबाट वैशाख २६ गते आरोहणमा गएकी उनको वैशाख २७ गते राति ११ आठ हजार मिटरको उचाइमा पुगेपछि मृत्यु भएको हो ।

आरोहीको मृत्यु भएको सोमबार मात्रै जानकारी प्राप्त भएको प्रहरीले जनाएको छ । शव अहिले पनि घटनास्थलमै छ।

८ हजार मिटरको उचाइमा पुगेपछि श्वासप्रश्वासमा समस्या आउँदा उनको मृत्यु गाइडले बताएका छन्। उनी अर्का एक फ्रान्सेली नागरिक र गाइड योगेन्द्र तामाङसँगै कञ्चनजंघा आरोहणमा गएकी थिइन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ