सीटीईभीटीले एसईईमा प्राप्त गरेको जीपीए अङ्कका आधारमा विद्यार्थी भर्ना गर्ने

सीटीईभीटीले एसईईमा प्राप्त गरेको जीपीए अङ्कका आधारमा विद्यार्थी भर्ना गर्ने

CTEVT

पोखरा । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) ले माध्यमिक शिक्षा परीक्षा (एसईई)मा प्राप्त गरेको ‘जीपीए’ अङ्कका आधारमा विद्यार्थी भर्ना गर्ने भएको छ ।

विगतमा प्रवेश परीक्षा लिएर त्यसैका आधारमा विद्यार्थी भर्ना गर्ने गरेकोमा सीटीईभीटीले अबदेखि प्राप्त जीपीएका आधारमा भर्ना गर्न लागेको हो ।

सीटीईभीटीका परीक्षा नियन्त्रक उमेश मिश्रले यही शैक्षिकसत्रबाट जीपीएका आधारमा विद्यार्थी भर्ना गर्ने जानकारी दिए । अब विद्यार्थीले सीटीईभीटीअन्तर्गतका जुनसुकै विषय पढ्न प्रवेश परीक्षा दिन नपर्ने भएको हो ।

सीटीईभीटीले प्रि–डिप्लोमा र डिप्लोमा तथा प्रमाणपत्र तहमा प्रशिक्षार्थी छनोट, छात्रवृत्ति वितरण तथा भर्नासम्बन्धी निर्देशिका–२०८२ तयार गरी कार्यान्वयनमा ल्याएको छ ।

निर्देशिकामा एसईई परीक्षामा प्राप्त जीपीए आधारमा योग्यताक्रम सूची तय गर्ने व्यवस्था गरिएको छ । मिश्रका अनुसार सरकारी वा सामुदायिक विद्यालयबाट एसईई उत्तीर्णलाई थप अङ्कभारबापत एक र संस्थागत विद्यालयबाट उत्तीर्णलाई थप अङ्कभार वापत ० दशमलव ८५ दिने व्यवस्था गरिएको छ ।

सीटीईभीटीले पढ्न चाहने विद्यार्थीका लागि अनलाइनमार्फत फारम भर्ने व्यवस्थासमेत गरेको छ । आङ्गिक र सम्बन्धनप्राप्त निजी क्याम्पसले त्यस्ता विद्यार्थीको फारम भर्न सहजीकरण गर्नेछन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ