बिहेघरमा गाडेको बाँसले हाइटेन्सन लाइन छुँदा दुई वृद्धाको मृत्यु

बिहेघरमा गाडेको बाँसले हाइटेन्सन लाइन छुँदा दुई वृद्धाको मृत्यु

death body

मोरङ । मोरङको रतुवामाई नगरपालिका–३ मिर्चाडाँगीमा बिहे घरमा करेन्ट लाग्दा २ जना वृद्धाको मृत्यु भएको छ।

मंगलबार राति बिहेको कार्यक्रम चलिरहेका बेला अचानक करेन्ट लागेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार करेन्ट लागेर रतुवामाई–३ की ७० वर्षीया रामुदेवी गनगाईं र ७३ वर्षीया सूर्यदेवी गनगाईंको मृत्यु भएको हो।

स्थानीय मंगललाल सिंहको छोरा निरजकुमारको विवाहमा नाचगान गरिरहेका बेला उनीहरूलाई करेन्ट लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार विवाह घरमाथि हरियो बाँस गाडेर माइक बाँधिएको थियो। राति करिब ८ बजे आएको हावाहुरीले त्यो बाँस ढलेर हाइटेन्सन लाइनमा ठोक्कियो।

बाँसले हाइटेन्सन लाइनमा छुँदा बिहे घरमा रहेका ३ महिलालाई करेन्ट लागेको थियो। करेन्ट लागेर गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि रंगेली अस्पताल लगिएको थियो।

अस्पतालमा पुर्‍याउनसाथ २ जनालाई चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।

करेन्ट लागेर ३० वर्षीया राधाकुमारी सिंह सामान्य घाइते भएकी छन्। नगर अस्पताल झुर्कियामा उपचारपछि उनी घर फर्किएको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ