गएरातिको हावाहुरीसहितको वर्षाले वितण्डाः ३ जनाको मृत्यु, ७ घाइते, दर्जनौँ घर र विद्यालयमा क्षति

गएरातिको हावाहुरीसहितको वर्षाले वितण्डाः ३ जनाको मृत्यु, ७ घाइते, दर्जनौँ घर र विद्यालयमा क्षति

hawa huri

पोखरा । देशका विभिन्न क्षेत्रमा शुक्रबार रातिको हावाहुरीसहितको वर्षाले वितण्डा मच्चाएको छ ।

शुक्रबार तीन जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन् । साथै दर्जनौँ घर तथा भौतिक संरचनामा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हावाहुरीले रुख ढाल्दा च्यापिएर पश्चिम नवलपरासीको सुनवलमा दुई जनाको मृत्यु भएको छ ।

रुखले च्यापेर सुनवल– ७ निवासी ३० वर्षीया मिरा बयम्बु र सोही वडाका ४० वर्षीय दुर्गाबहादुर पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सुनवलले जनाएको छ ।

प्रहरीका अनुसार शुक्रबार हावाहुरीसहित आएको पानीबाट जोगिन उनीहरू प्रतिक्षालयमा ओत लागेका थिए । प्रतिक्षालयमाथि नै रुख ढलेपछि मृत्यु भएको हो ।

रुखले च्यापेर तीन जना घाइते भएका छन् । घाइते हुनेमा स्थानीय नरमा परियार, दुर्गा खाम्चा र एकजनाको परिचय नखुलेको प्रहरीले जनाएको छ ।

घाइतेलाई उपचारका लागि देवदह मेडिकल कलेज पठाइएको छ ।

यसैगरी शुक्रबार बिहान कैलालीमा पनि हावाहुरीले ढालेको रुखले लागेर राष्ट्रिय माध्यमिक विद्यालय सुखडका प्राचार्य कर्णबहादुर भण्डारीको मृत्यु भएको थियो ।
यस्तै, बारामा एक, कैलालीमा दुई, कञ्चनपुरमा एक जना घाइते भएका छन्। उनीहरुको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

यता उदयपुरमा पनि दर्जनौँ घर तथा विद्यालयमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यलयका अनुसार जिल्लाको चौदण्डीगढी नगरपालिका– १० खैराहा झोडामा हावाहुरीका कारण स्थानीय हर्क श्रेष्ठको घर, ध्रुव खत्री, सम्भव अधिकारीको घरको छानो उडाएको छ ।

उदयपुरगढी गाउँपालिका–६ को जगेटारस्थित माध्यमिक विद्यालयको सबै छानो हावाहुरीले उडाएको छ । त्रियुगा नगरपालिका क्षेत्रसहित चौदण्डीगढी नगरपालिका र उदयपुरगढी गाउँपालिकामा हावाहुरीले दर्जनौँ घर तथा भौतिक संरचनामा क्षति पुर्‍याएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ