काठमाडौँ । काठमाडौँको तीनकुनेमा गत चैत्र १५ गते राजावादीको आन्दोलनमा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारले मानव अधिकार आयोगमा निवेदन दिएका छन्।
आइतबार सुरेशकी श्रीमति सुजनी मगियालगायतले रहस्यमय र शंकास्पद् अवस्थामा निधन भएको भन्दै घट्नाको सत्यतथ्य छानबिनको लागि आयोगमा पुगेर निवेदन दिएका हुन्।
‘आइतबार चैत्र १५ गते राजावादीको आन्दोलनको प्रत्यक्ष प्रसारण गर्ने क्रममा मेरो श्रीमान्को रहस्यमय र शंकास्पद अवस्थामा निधन भएको थियो । उक्त घटना योजनाबद्ध, षड्यन्त्र गर्दै वा कुनै अपराधिक कार्य भएको आशंका रहेको छ । र राज्यबाट उचित छानबिन नभएको कारणले म मानव अधिकार आयोग समक्ष सत्यतथ्य छानबिनको लागि यो निवेदन पेश गर्दछु । र शिघ्र न्यायको माग गर्दछु,’ निवेदनमा भनिएको छ ।
निवेदन बुझ्दै आयोगकी उपसचिव मञ्जु खतिवडाले उक्त घटना फास्ट ट्रयाकमा अनुसन्धान हुनुपर्छ भन्ने कुरालाई गम्भीर रुपमा लिएर आयोगले काम गरेको बताइन् । अनुसन्धानको सबै पाटो सक्किएको भन्दै उनले अब एक/दुई दिनमा नै अनुसन्धानबाट देखिएको विषय सार्वजनिक गर्नेसमेत जानकारी गराइन् ।
उनले भनिन्,‘यो घटनाको अनुसन्धानभन्दा पनि फास्टट्रयाकमा अनुसन्धान हुनुपर्छ । यो गम्भीर विषय हो भनेर आयोगले एकदम गम्भीरतापूर्वक लिएको विषय हो यो । अनुसन्धान अस्ति शुक्रबार फाइनल भयो र रिपोर्ट दर्तासमेत गरिसकेको छौं । एक दुई दिनमा यो कुराहरु हामी मिडियामा लिएर आउने छौं । हामीले के देख्यौं के पायौं भनेर ।’
त्यस्तै, उनले यस घटनामा आयोगले बाहिरबाट दुई जना विज्ञसमेत ल्याएर अनुसन्धान गरेको जानकारी दिइन् ।
सम्बन्धित खबर
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
पत्रकारसँग रिसाए ओली: ‘नियममा बसेर प्रश्न गर्नुस्, बुम ल्याएर थुतुनो नघोच्नुस्’
द ग्रे जोनमा प्रकाशित समाचार फैलाएको उजुरी परेपछि राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ
अन्ततः ओलीका सामु नेताहरू निरीह, एमालेमा तत्काल नेतृत्व परिवर्तन स्थगित
अमेरिका जान लागेका प्रधानमन्त्री एवं वरिष्ठ नेता बालेनलाई रास्वपाले दियो यस्तो निर्देशन
संविधान कानुनी दस्तावेज मात्र होइन, नेपाली जनताको दशकौँ लामो बलिदान, त्याग र सङ्घर्षको परिणाम होः प्रदेश प्रमुख भट्ट
यो पनि पढौँ
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
ट्राफिकसँगकाे विवादपछि त्रिपुरेश्वरमा चालकले बसमा आगो लगाए
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा