सर्वसाधारणलाई धम्क्याउने नक्कली इन्स्पेक्टर पक्राउ

सर्वसाधारणलाई धम्क्याउने नक्कली इन्स्पेक्टर पक्राउ

sujan-giri

काठमाडौँ । प्रहरीको बर्दी लगाएर सर्वसाधारणलाई धम्क्याउँदै आतंकित बनाउने नक्कली इन्स्पेक्टर पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर भक्तपुरको टोलीले २३ वर्षीय सुजन गिरीलाई पक्राउ गरेको हो।

भोजपुरको साल्पासिसलिछो गाउँपालिकाका गिरीले फेसबुकमा प्रहरी इन्स्पेक्टरको बर्दी लगाएको तस्बिर राखेर मान्छेलाई झुक्याउँदै आतंकित पार्ने काम गरेको प्रहरीले जनाएको छ ।

जेठ ६ गते राति साढे ९ बजेतिर मध्यपुर ठिमी नगरपालिका–२ दिव्यश्वरी भुटु रेस्टुरेन्ट अगाडि आफू प्रहरीको इन्स्पेक्टर भएको बताउँदै बर्दी लगाएरको तस्बिर समेत देखाएर आतंकित पारेको आरोप छ।

प्रहरी वृत्त भक्तपुर ठिमीको हिरासतमा राखेर उनीमाथि अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ