पोखरा । कास्की जिल्ला टेबल टेनिस संघको आयोजना तथा गण्डकी प्रदेश टेबल टेनिस संघको सहकार्यमा विहिबार आयोजित भेलाले प्रकाश वाग्लेको अध्यक्षतामा ९ सदस्यीय पोखरा महानगरपालिका टेबल टेनिस संघ सर्वसम्मत चयन गरेको छ ।
महानगर संघको उपाध्यक्षमा दिपकराज गिरी, सचिवमा मिलन खड्का, कोषाध्यक्षमा गौरी भुजेल, सहसचिव अभिषेक आचार्य, सदस्यमा निर्मला ओली, गौरव शेरचन, तृषा गुरुङ, नवीन गुरुङ र मनिष भुजेल सर्वसम्मत चयन भएका छन् ।
कार्यक्रमका प्रमुख अतिथि कास्की जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख सुन बहादुर लामाले निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई वधाई दिर्दै कार्यकालको सफलताको कामना गरेका थिए ।
नवनिर्वाचित पोखरा महानगर टेबल टेनिस संघका अध्यक्ष प्रकाश वाग्लेले टेबल टेनिस खेलको विकास तथा खेलाडीहरुको क्षमता अभिवृद्धि लागि आफुले सकेसम्म लाग्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।
सो अवसरमा गण्डकी प्रदेश टेबल टेनिस संघका अध्यक्ष उत्तम जोशी, कास्की जिल्ला टेबल टेनिस संघका अध्यक्ष गौतमराज लामा, मनाङ जिल्ला टेबल टेनिस संघका अध्यक्ष क्षितिज गुरुङ, सिनियर सिटिजन एवं प्रशिक्षक एस. रवि चन्द्रन, कास्की जिल्ला टेबल टेनिस संघका निवर्तमान सचिव कृष्ण रानाभाट लगाएतले वोलेका थिए ।
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह