बिहे घरमा झडप हुँदा ५ जना घाइते

बिहे घरमा झडप हुँदा ५ जना घाइते

jhadap

मोरङ । मोरङमा बहे घरमा झडप हुँदा पाँच जना घाइते भएका छन् ।

धनपालथान गाउँपालिका–६ कदमहास्थित एउटा बिहे घरमा बेहुला र बेहुली पक्षबीच झडप हुँदा पाँच जना घाइते भएका हुन्।

भजनलाल सहनीको छोरीको बिहे चलिरहेका बेला शुक्रबार राति ११ः३० बजेतिर झडप भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

प्रहरीका अनुसार बिहे विधि चलिरहेका बेला डिजे बजाएर नाच्ने क्रममा दुई पक्षबीच विवाद भएको थियो।

मदिरा सेवन गरेका जन्ती (बेहुला पक्ष) र घरगाउँले (बेहुली पक्ष) बीच बढेको विवाद झडपमा परिणत भएको हो ।

झडपमा धनपालथान– ६ का २८ वर्षीय वीरेन्द्र सहनी, २६ वर्षीय श्रवण सहनी, विराटनगर महानगरपालिका–११ का २९ वर्षीय रोशन सहनी, २५ वर्षीय सुनील सहनी र ३५ वर्षीय अनिल सहनी घाइते भएको प्रहरीले जनाएको छ।

झडपमा दुवै पक्षका घाइते भएका छन्। तीमध्ये वीरेन्द्र र श्रवण बेहुली पक्ष तथा अरु ३ जन्तीहरु रहेको प्रहरीले जनाएको छ।

घाइते सबैलाई उपचारका लागि विराटनगरको कोशी अस्पतालमा भर्ना गरिएको छ। ३ जनाको टाउकोमा चोट लागेको छ। घाइतेहरुको टाउकोमा टाँका लगाइएको र सबै जना खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

उनका अनुसार विराटनगरको पिचराबाट बेहुला लिएर जन्तीहरु बेहुली लिनलाई धनपालथान पुगेका थिए।

यद्यपि झडप भए पनि जन्ती भने बेहुला र बेहुली लिएर शनिबार बिहानका राति १ बजेतिर विराटनगर फर्किएका थिए। प्रहरीका अनुसार झडपले बिहे स्थल तनावग्रस्त भएपछि तत्कालै बेहुली अन्माएर पठाइएको थियो।

इलाका प्रहरीले घटनाको थप अनुसन्धान सुरु गरेर घटनामा संलग्नको खोजी गरिरहेको जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ