हावाहुरीले घरमा रुख ढल्दा दुई बालक घाइते

हावाहुरीले घरमा रुख ढल्दा दुई बालक घाइते

bardiya-hawahuri

बर्दिया । बर्दियामा हावाहुरीले घरमा रुख ढल्दा दुई जना बालक घाइते भएका छन् ।

ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ नेउलापुरमा हावाहुरीले घरमा रुख ढलेपछि दुई जना बालक घाइते भएका स्थानीयले बताएका छन् ।

नेउलापुर गाउँका रामकुमार थारुको घरमाथि रहेको सालको रुख ढल्दा घर पूर्णरुपमा क्षति भएको छ भने उनका छोराहरु ५ वर्षीय आदित्य थारु र १० वर्षीय अमित थारु घाइते भएका हुन् ।

घाइते अमितको ठाकुरबाबा नगर अस्पतालमा उपचार भइरहेको छ भने आदित्यलाई थप उपचारका लागि नेपालगञ्ज लगिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ