बुटवलमा आमा र दुई छोरीको विभत्स हत्या, पूर्वपति पक्राउ

बुटवलमा आमा र दुई छोरीको विभत्स हत्या, पूर्वपति पक्राउ

butwal-hatya

बुटवल । बुटवल उपमहानगरपालिका– ११ कालिकानगरस्थित होराइजनचोकनजिकै आमासहित दुई नाबालक छोरीको विभत्स हत्या भएको छ ।

होराइजनचोकको मिलिजुली पथमा बस्ने अन्दाजी ३१ वर्षीया दीपा बस्याल र उनका दुई छोरी सात वर्षीया स्नेहा बस्याल र चार वर्षीया नानी बस्यालको बुधबार बिहान हत्या भएको हो ।

हत्यामा संलग्न भएको आरोपमा अन्दाजी ३२ वर्षका सुजन कोइरालालाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय, बुटवलले जनाएको छ ।

उनी हत्या गरिएकी दीपाका पूर्वपति हुन् ।

उनीहरुबीच करिब ८ वर्ष पहिले नै सम्बन्ध विच्छेद भएको प्रारम्भिक अनुसन्धानमा खुलेको प्रहरीले बताएको छ ।

प्रहरीका अनुसार सम्बन्ध विच्छेद भएर अर्कैसँग विवाह गरी बसेकी पूर्वपत्नी र दुई छोरीलाई पूर्वपतिले आफ्नै घरमा बोलाइ बुधबार बिहान अन्दाजी ४ बजेतिर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

अभियुक्त कोइराला आफ्नै दाजुको हत्या गरेर जेलमा थिए । तर उनी संविधान दिवसको दिन आममाफी पाएर छुटेका थिए ।

घटना बारे थप अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ