आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

आज अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइँदै

mt everest sagarmatha

पोखरा । आज ७२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस धुमधामका साथ मनाइँदै छ ।

सगरमाथा दिवसको यस वर्षको नारा ‘विश्वको सर्वोच्च शिखर सगरमाथा नेपालको पहिचान र गौरव’ भन्ने तय गरेको छ ।

सो अवसरमा नेपाल पर्वतारोहण संघ लगायतका विभिन्न संघसस्थाले विविध कार्यक्रमको आयोजना गरी अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाउँदै छन् ।

सरकारले सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलो पटक मानवपाइला टेकेको दिन मे २९ तारिखलाई अन्तर्राष्ट्रिय सगरमाथा दिवसको रुपमा मनाउँदै आएको छ ।

सन् १९५३ मे २९ तारिखका दिन नेपाली तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पाइला टेकी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासक परिचय दिएका थिए । त्यही दिनलाई स्मरण गर्दै हरेक वर्ष मे २९ का दिन अन्तर्राष्टिय सगरमाथा दिवस मनाउन थालिएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ