बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृत्यु

बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृत्यु

balika death

मकवानपुर । मकवानपुरको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिकामा बिच्छीले टोकेर ८ वर्षीया बालिकाको मृत्यु भएको छ ।

बकैया– ७ मैनाटार बस्ने वीरबहादुर वाईवाको छोरी ८ वर्षीया अस्मिता वाईवाको बिहीबार राति अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

उनलाई जेठ १४ गते बुधबार बिहान आफ्नै घरमा नुहाएर कपडा लगाउने क्रममा कम्मरको वायाँ भागमा बिच्छीले टोकेको थियो । दिउँसोदेखि श्वासप्रश्वासमा समस्या आएको थियो ।

त्यसपछि उपचारका लागि बिहीबार बिहान हेटौंडा अस्पताल ल्याइएको थियो । सोही दिन राति अस्पतालले बालिकालाई मृत घोषणा गरेको हो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ