इतिहासमै छिटो नेपाल भित्रियो मनसुन

इतिहासमै छिटो नेपाल भित्रियो मनसुन

rain-mausam

पोखरा । यो वर्षको मनसुन नेपाल प्रवेश गरेको छ ।

बिहीबार (जेठ १५) राति मनसुन पूर्वबाट प्रवेश गरी कोसी प्रदेशका अधिकांश भूभागमा विस्तार भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

“जसको फलस्वरूप कोसी प्रदेशका अधिकांश मौसम केन्द्रहरूमा हल्कादेखि मध्यम मनसुनी वर्षा भएको अवस्था छ,” महाशाखाले शुक्रबार (जेठ १६) दिउँसो जारी गरेको बुलेटिनमा उल्लेख छ ।

नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ हो । यस वर्षको मनसुन औसत मिति (जुन १३) भन्दा १५ दिनअगावै मनसुन नेपाल भित्रिएको छ ।

महाशाखाका अनुसार तथ्यांक राख्न थालेयताकै यसपालि सबैभन्दा छिटो मनसुन नेपाल प्रवेश गरेको हो । यसअघिको छिटो मिति सन् १९९६ मा मे ३१ मा मनसुन नेपाल भित्रिएको थियो । जल तथा मौसम विज्ञान विभागले तथ्यांक राख्न थालेयताकै चाँडो त्यो वर्ष मनसुन नेपाल भित्रिएको थियो । सन् १९६८ देखि विभागले नेपालमा मनसुन प्रवेश र बहिर्गमनको तथ्यांक राखेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ