झापामा बाढी बस्तीमा पस्यो, २२ घर डुबानमा

झापामा बाढी बस्तीमा पस्यो, २२ घर डुबानमा

jhapa-duwan

झापा । झापामा भारी वर्षापछि माईखोलामा आएको बाढी बस्तीमा पसेको छ ।

झापा गाउँपालिका–२ सुगाबथान क्षेत्रमा शुक्रबार राति माईखोलाको बाढी बस्तीमा पस्दा २२ घर डुबानमा परेका छन् ।

वडाध्यक्ष हिमाल चाम्लागाईका अनुसार सुगाबथान, मिलनबस्ती, कुवाडी, सडकबस्तीलगायत क्षेत्रमा बाढी पस्दा जोखिम बढेको छ । ६० बिघाभन्दा धेरै क्षेत्रफलमा लगाइएको मकैखेतीमा क्षति भएको छ ।

मनसुनको शुरुआतमै माईखोलामा सामान्य बाढी आउँदा पनि समस्या निम्तिएको अध्यक्ष चाम्लागाईले बताए ।

झापा गाउँपालिकाका वडा १ र २ का तीन हजार घरधुरी विस्थापित हुने जोखिम छ । यस वर्ष सदरदभन्दा बढी वर्षा हुने प्रक्षेपण गरिएको छ ।

कोशी प्रदेशमा मनसुनी प्रभाव देखिएको छ । बिहीबार राति नेपाल प्रवेश गरेको मनसुन फैलिनेक्रममा छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ