पोखरा । गायक तथा संगीतकार गणेश रसिकको निधन भएको छ।
ललितपुरको हात्तीवनस्थित नेपाल क्यान्सर अस्पतालमा आइतबार दिउँसो उनको निधन भएको पारिवारिक तथा संगीतकार संघ दुवै स्रोतले जनाएका छन् ।
७८ वर्षीय रसिक ५ वर्षदेखि प्रोस्टेट क्यान्सरबाट पीडित थिए ।
उपचारकै क्रममा भारत समेत गएका थिए। क्यान्सर अन्तिम स्टेजमा पुगेको भन्दै डाक्टरले उनलाई फर्काएका थिए। तर, नेपाल आएपछि उनको स्वास्थ्यमा क्रमिक रुपमा सुधार हुँदै गरेको बताउने गरेका थिए।
भोजपुरमा जन्मिएका रसिकले नेपाली गीत, संगीत, साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएका छन्। रसिकका क्षितिजलाई ‘छुन खोज्दा’ (कथासंग्रह २०२४), ‘एउटा सारंगी छुन खोज्दा’ (कथासंग्रह २०२७), ‘रसिकका गीतहरु’ (गीतसंग्रह २०४५), ‘आकाशगंगाको ओतमुनि’ (उपन्यास २०४८), ‘जब सिस्नुहरु टेक्दै हिँडेँ’ (संस्मरण २०५५), ‘बिलाउँदै गएका गीत’ (कथासङ्ग्रह० २०५८), ‘दशगजामा उभिएर हेर्दा’ (उपन्यास २०६३), ‘स्वाधिनताको पीडा’ (गीतसङ्ग्रह २०६८) , ‘पेरुङ्गो संस्करण’ (पाँच कृति २०७३) लगायत प्रकाशित छन्।
उनले रत्न रेकर्डिङ संस्थानको अध्यक्ष तथा महाप्रबन्धक (२०३८–२०४०), सांस्कृतिक संस्थानको महाप्रबन्धक (२०४०–२०४६), साझा प्रकाशनको अध्यक्ष तथा महाप्रबन्धक (२०५२–२०५५), नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको सदस्य सचिव (२०७२–२०७५) जस्ता प्राज्ञिक संस्थानहरूको उच्च ओहोदाका गहन जिम्मेवारीहरू निर्वाह समेत गरेका छन्।
नेपाली गीत सङ्गीतको पहिलो पुस्ता नातिकाजी, अमर गुरुङ, बच्चु कैलाश, नारायणगोपाल, गोपाल योञ्जन, तारादेवी र अरुणा लामापछिको दोस्रो पुस्ताको होनहार प्रतिभा हुन् रसिक। जीवनका उच्च मूल्य, प्राकृतिक छटा र सामाजिक परिवेशको सुन्दर वर्णन, स्थानियता र मधुर आवजमा माटोप्रतिको माया र देशभक्तिको भावना उनको गीत लेखन तथा गायनका मूल चरित्र हुन्।
रसिककी छोरी देश बाहिर रहेकाले आज (सोमबार) मात्रै अन्त्येष्टि गरिने बताइएको छ ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
संसद विघटनविरुद्ध रिटमा सर्वोच्चले तोकेन पेशी, माघ २८ गते साधारण तारेख
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो