पोखरा । नेपालमा पहिलोपटक सहायक प्रविधि प्रदर्शनी हुने भएको छ ।
विश्व सहायक प्रविधि दिवस २०२५ को अवसरमा नेपाल नेत्रहीन संघ (एनएबी) ले भालि बुधबार दृष्टिविहीन तथा न्युन दृष्टियुक्त व्यक्तिहरूका लागि सहायक प्रविधि प्रदर्शनी आयोजना गर्न लागेको हो।
कार्यक्रम बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म एनएबीको हल, सुकधारा-४, काठमाडौँमा हुने नेपाल नेत्रहीन संघका समावेशिकरण सल्लाहकार तथा सूचना अधिकारी खोमराज शर्माले जानकारी दिए ।
उनका अनुसार यो प्रदर्शनी विश्वव्यापी ‘Unlock the Everyday’ अभियानको हिस्सा हो जसले विश्वभर करिब एक अर्ब मानिसहरूका लागि आवश्यक सहायक प्रविधिको पहुँच अभावलाई उजागर गर्दै सबैका लागि समावेशी प्रविधि सुनिश्चित गर्न अन्तर्राष्ट्रिय सहयोगको आह्वान गर्दछ।
ग्लोबल डिसएबिलिटी इनोभेशन (GDI) हबको पहलमा सुरु गरिएको यो दिवस २०२४ देखि मनाउन थालिएको हो।
प्रदर्शनीमा मोबाइल एप्स, स्क्रिन रिडर, ब्रेल उपकरण, कृत्रिम बुद्धिमत्ता (AI) प्रविधि लगायतका सहायक प्रविधिहरूको डेमो र प्रयोग गरिनेछ। दिउँसो १२ः३० देखि २ः०० बजे सम्म “सहायक प्रविधिमा पहुँच” समावेशीतामा सरोकारवालाको भूमिका शीर्षकमा प्यानल छलफल पनि गरिनेछ।
साथै, एनएबीले ‘Tech 4 Inclusion Nepal’ नामक राष्ट्रिय सहायक प्रविधि अभियानको औपचारिक शुभारम्भ गर्नेछ जसको उद्देश्य नीति निर्माण, बजेट विनियोजन, र प्रविधिमा पहुँचको प्रवद्र्धन गर्नु हो।
“सहायक प्रविधिमा पहुँच अधिकार हो, विलासिता होइन,” नेपाल नेत्रहीन संघ (NAB) का अध्यक्ष शिशिर खनालले भने “यो प्रदर्शनी नीतिनिर्माता, निजी क्षेत्र, संचारमाध्यम, शिक्षक तथा नागरिक समाज सबैलाई सहकार्यको लागि प्रेरित गर्ने अभियान हो।”
कार्यक्रममा सरकारी निकाय, अपाङ्गता तथा शिक्षा क्षेत्रमा कार्यरत संस्था, विद्यालय, कलेज, अपाङ्गता भएका व्यक्तिहरूका संस्था (OPDs), प्रविधि विकासकर्ता, सञ्चारकर्मी तथा दृष्टिविहीन र न्युन दृष्टियुक्त व्यक्तिहरूको सहभागिता हुने अपेक्षा गरिएको छ।
कार्यक्रमलाई एनएबीको फेसबुक पेजमार्फत प्रत्यक्ष प्रसारण गरिनेछ र त्यसपछि संक्षिप्त प्रतिवेदन सार्वजनिक गरिने आयोजकले जनाएको छ।
यस अघि दृष्टिविहीन व्यक्तिहरुको रोजगारी स्वास्थ्य पुनस्थापना र समावेशी शिक्षामा पहुँचको लागि पैरवी गर्दै आइरहेको यस संघले विश्व सहायक प्रविधि दिवस हर्ष उल्लासका साथ मनाउन लागेको हो।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’