साथीको कुटाईबाट १४ वर्षीय बालकको मृत्यु

साथीको कुटाईबाट १४ वर्षीय बालकको मृत्यु

१५ वर्षीय वली पक्राउ

mrityu

दाङ । दाङमा साथीको कुटपिटबाट एक जनाको मृत्यु भएको छ ।

रुकुमको बाफिकोट घर भई तुलसीपुर उपमहानगरपालिका– ८ दुधेना बस्ने १४ वर्षीय विशाल गिरीको मृत्यु भएको प्रहरीले जनाएको छ ।

गिरीलाई अस्ति बेलुका उनका साथी १५ वर्षीय यज्ञ वलीले कुटपिट गरेका थिए । कुटपिटबाट घाइते भएका विशाललाई उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएको थियो ।

टाउकोमा चोट लागेका गिरीको उपचारका क्रममा गएराति मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ ।

कुटपिटमा संलग्न वलीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds