अब घरजग्गा किनबेच गर्दा बैंक स्टेटमेन्ट पेश गर्नुपर्ने

अब घरजग्गा किनबेच गर्दा बैंक स्टेटमेन्ट पेश गर्नुपर्ने

Jagga-Plotting

पोखरा । सरकारले घरजग्गा कारोबारमा किन्ने र बेच्ने दुवैले बैंक स्टेटमेन्ट पेश गर्नुपर्ने व्यवस्था गरेको छ ।

नयाँ व्यवस्थाअनुसार घरजग्गा किनबेच गर्दा किन्ने र बेच्ने दुवैको बैंक स्टेटमेन्टसहित केवाईसी फारम भरी पेश गरेपछि मात्र लिखत पारित हुनेछ ।

यस्तै, १० लाखभन्दा माथिको कारोबार अनिवार्य रुपमा बैंकिङ वा विद्युतीय प्रणालीमार्फत गर्नुपर्ने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले जारी गरेको निर्देशनअनुसार सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ० र आतंकवादी क्रियाकलापमा हुने वित्तीय लगानी रोक्न यस्तो व्यवस्था गरिएको हो ।

त्यसैगरी, खरिदकर्ताको बैंक खाताबाट बिक्रीकर्ताको बैंक खातामा रकम जम्मा भएको बैंक स्टेटमेन्ट लिखतसँगै अनिवार्य पेश गर्नुपर्ने, १ व्यक्तिले दिनमा ३ करोडभन्दा बढी कारोबार गरेमा राष्ट्र बैंकलाई जानकारी दिनुपर्ने व्यवस्था पनि गरिएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ