कोदालो प्रहार गरी आफ्नै बुबा र छिमेकीको हत्या

कोदालो प्रहार गरी आफ्नै बुबा र छिमेकीको हत्या

Hatyaa

सांकेतिक तस्विर

नवलपरासी । पश्चिम नवलपरासीको सुनवलमा एक युवकले कोदालो प्रहार गरी दुई जनाको हत्या गरेका छन् ।

सुनवल नगरपालिका–२, अवरैयामा २७ वर्षीय हेमराज थारूले आफ्नै बुबा ५० वर्षीय जयराम थारू र ७० वर्षीय छिमेकी नाथु धरिकारलाई कोदालो प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार हेमराजले बुबा जयराम थारूको घाँटीमा कोदालो प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको थियो । त्यस लगत्तै सोधिखोजी गर्न पुगेका छिमेकी धरिकारलाई पनि टाउको र घाँटीमा प्रहार गरेका थिए ।

हत्याको कारण भने हालसम्म खुल्न सकेको छैन ।

हत्यामा संलग्न युवकलाई कोदालोसहित पक्राउ गरिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds