बाजुरा । बाजुराको बुढीगङ्गा नगरपालिका ६ मा पर्ने बाम्का बजारमा भीषण आगलागी भएको छ । हिजो दिउँसो ग्यास सिलिण्डर पड्किँदा भएको आगलागी बेलुकी मात्रै नियन्त्रणमा आएको थियो ।
दमकल नभएको र हावाहुरी पनि चलेका कारण आगो समयमै निभाउन नसकिएको बुढीगङ्गा नगरपालिकाका मेयर रामबहादुर बानियाँले जानकारी दिए ।
बजारको एउटा होटलमा खाना पकाउने क्रममा ग्यास सिलिण्डर पड्किएर भएको आगलागीबाट झन्डै ४० वटा पसल जलेर नष्ट भएको छ । विस्थापित परिवार छिमेकीको आश्रय लिएर बसेका छन् । आगलागीका कारण फाइबर इन्टरनेट र विद्युत् सेवा अवरुद्ध भएका छन् ।
आगलागी पीडितलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरिएको छ । पालिकाका जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका नेतासहितको आकस्मिक बैठकले क्षतिको विवरण सङ्कलन गर्ने र क्षतिपूर्ती उपलब्ध गराउन विपद् प्राधिकरण, प्रदेश र पालिकाका साथसाथै विभिन्न सङ्घसंस्थालाई आग्रह गर्ने निर्णय गरेको छ । बैठकले आगलागी पीडितलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय पनि गरेको छ ।
यसैबिच, आगलागीबाट पीडितहरूलाई राहत स्वरूप गैर आवासीय नेपाली संघ (एनआरएनए) ले रु पाँच लाख सहयोग गर्ने भएको छ ।
एनआरएनए आइसिसीका अध्यक्ष महेश श्रेष्ठको अध्यक्षतामा आइतबार बसेको बैठकले त्यस्तो निर्णय गरेको संघका प्रवक्ता गंगाधर गौतमले जानकारी दिए । उक्त सहयोग रकम आगलागी पीडित २० परिवारलाई जनही रु २५ हजारको दरले वितरण गरिने पनि संघले जनाएको छ ।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
पोखरा विमानस्थल अनियमिता प्रकरण : २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर, को को हुन् ?