नागढुङ्गा–नौबिसे सडक भोलिदेखि थप ५ दिन बन्द हुने

नागढुङ्गा–नौबिसे सडक भोलिदेखि थप ५ दिन बन्द हुने

nagdhunga-road

पोखरा । नागढुङ्गा–नौबिसे सडक खण्ड भोलि (सोमबार) देखि थप पाँच दिन बन्द हुने भएको छ ।

यसअघि जेठ १० गतेदेखि आजसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेकोमा आज फेरि समय थप भएको हो ।

नागढुङ्गा–मुग्लिङ सडक योजना (पूर्वी खण्ड) ले सूचना निकालेर भोलिदेखि जेठ ३० गतेसम्म बिहान साढे १० बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने जानकारी गराएको हो । सडक मर्मत तथा स्तरोन्नतिको काम भइरहेकोले बन्द गर्नुपरेको आयोजनाले जनाएको छ ।

यस अवधिमा साना तथा मझौला गाडीहरूका लागि सीतापाइला–रामकोट–धार्के सडक र सामाखुशी–टोखा–छहरे–त्रिशूली–गल्छी सडक विकल्पका रूपमा प्रयोग गर्न सकिने सूचनामा उल्लेख छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds