लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्दै जसपा नेपाल

लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्दै जसपा नेपाल

jasapa-office

पोखरा । जनता समाजवादी पार्टी (जसपा) नेपालले लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्ने भएको छ । आगामी जेठ ३१ गते शनिबार सुनसरीको धरानमा पहिचानमा आाधारित प्रादेशिक संरचना दस जोड १ मध्येको लिम्बुवान राष्ट्रिय समितिको अधिवेशन गर्न लागिएको छ ।

अधिवेशनमा ताप्लेजुङ, पाँचथर, इलाम, तेह्रथुम र धनकुटा गरी पाँच जिल्लाबाट प्रतिनिधि सहभागी हुने आयोजकले जनाएको छ । अधिवेशनको उद्घाटन पार्टीका अध्यक्ष उपेन्द्र यादवबाट हुनेछ भने पार्टीका सह–अध्यक्ष रकम चेम्जोङ उद्घाटन सत्रको विशिष्ट वक्ता रहने बताइएको छ ।

जसपा नेपालको राष्ट्रिय समितिको अधिवेशनबाट अध्यक्ष १, उपाध्यक्ष ३, मुख्यसचिव १, सचिव ३, कोषाध्यक्ष १ सहित ३९ सदस्यीय समिति निर्वाचित हुने व्यवस्था रहेको छ ।

पहिचानमा आधारित राष्ट्रिय समितिले मुलतः राजनीतिक तथा पहिचानको आन्दोलनसँग सम्बन्धित कार्यहरु गर्ने भनि पार्टी विधानले व्यवस्था गरेको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds