गायिका रचना रिमाल ह्याम्स अस्पतालमा

गायिका रचना रिमाल ह्याम्स अस्पतालमा

Rachana_Rimal

पोखरा । सांगीतिक कार्यक्रमका लागि रुकुम पश्चिम पुगेकी गायिका रचना रिमाल बिरामी परेकी छन् । उनलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत् उद्धार गरेर काठमाडौँ लगिएको थियो ।

अहिले उनको धुम्बाराहीस्थित ह्याम्स अस्पतालको आकस्मिक कक्षमा उपचार भइरहेको छ । अस्पताल स्रोतले अहिले जाँचको काम चलिरहेको र रिपोर्ट केही समयपछि आउने बताएको छ ।

रुकुम पश्चिमको सानीभेरीस्थित बेलटापुमा सञ्चालन भइरहेको महोत्सवमा प्रस्तुति दिन रिमाल सोमबार बेलुका त्यहाँ पुगेकी थिइन् । तर, मंगलबार बिहान उनी एक्कासी बिरामी परेकी आयोजकले जनाएका छन् ।

सुरूमा रचनालाई चौरजहारीस्थित मिसन अस्पतालमा प्राथमिक उपचार गरिएको थियो । त्यसपछि नेपाली सेनाको हेलिकोप्टरमार्फत् उद्धार गरेर नेपालगञ्ज हुँदै काठमाडौँ गरिएको हो ।

रचना केही दिनदेखि कर्णालीका विभिन्न जिल्लामा भइरहेका सांगीतिक कार्यक्रममा सहभागी भएकी थिइन् । रुकुम जानुअघि रचनाले सुर्खेतमा प्रस्तुति दिएकी थिइन् भने त्यसअघि उनले मुगु पुगेकी थिइन् ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ