कैलालीमा प्रहरीले गोली चलायो, दुईजना पक्राउ

कैलालीमा प्रहरीले गोली चलायो, दुईजना पक्राउ

goli

पोखरा । कैलालीमा प्रहरीले गोली प्रहार गरेर दुई जनालाई नियन्त्रणमा लिएको छ।

जिल्लाको भजनी नगरपालिका ७ मा गोली चलाएर प्रहरीले ज्यान मार्ने उद्योगका दुई जना आरोपीलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार पक्राउ पर्नेमा रिदम ढुंगाना र मिलन चन्द रहेका छन्।

प्रहरीको गोली लागेर दुवै जना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि अहिले सेती प्रादेशिक अस्पताल लगिएको छ।

प्रहरीका अनुसार उनीहरुले जेठ १५ गते कैलालीको टीकापुर नगरपालिका– १ का ३१ वर्षीय टेकेन्द्र सिंह विष्टमाथि खुकुरी प्रहार गरेर भागेका थिए।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds