काठमाडौं । काठमाडौंमा तीन दिवसीय ‘पाँचौँ आदिवासी जनजाति चलचित्र महोत्सव २०८२’ आयोजना गर्ने भएको छ ।
‘आदिवासी जनजाति चलचित्रको प्रवद्धर्न, मौलिक भाषा संस्कृतिको संरक्षण’ भन्ने मूल नाराका साथ आदिवासी जनजाति चलचित्र महासंघले यही असार ६, ७ र ८ गते महोत्सव आयोजना गर्न लागेको हो ।
महोत्सवको समुद्घाटन माननीय सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले गर्नेछन्।
महासंघका अनुसार यो महोत्सवमा आदिवासी जनजाति, भाषा भाषीका विभिन्न १९ वटा लामा एवम् छोटा स्वदेशी एवम् विदेशी चलचित्रहरू चयन भएका छन् ।
महोत्सवमा चयन भएका १९ वटै चलचित्रलाई तीन दिनसम्म महोत्सवमा प्रदर्शन गरिने छ । जस मध्य उत्कृष्ट विधामा पुरस्कार पनि प्रदान गरिने भएको छ ।
महोत्सवमा सागर गुरुङ निर्देशित लिम्बु भाषाको चलचित्र चे, नविन बाबु गुरुङ निर्देशित गुरुङ भाषाको चलचित्र नाचुने (जुन तारा), राजबहादुर गुरुङ निर्देशित मि–थो (खुल्ला आँखा), रत्ना गुरुङ निर्देशित सैर्व ट (मनको फूल), जनक गुरुङ निर्देशित जिउनी, रेणु चौधरी निर्देशित थारु चलचित्र जितिया के सनेस चयन भएको छ ।
यस्तै, मगर भाषाको चलचित्रमा विश्वास मगरको चलचित्र खिल, कमल एक्लै मगरको वृत्तचित्र मगर चिनारी, मेक बहादुर पुन मगरको चलचित्र ट्याङचलाक चयन भएको छ ।
यस्तै ओम चरण अमात्य निर्देशित नेपाल भाषाको सिङकिङ सिभिलाईजेसन अफ काठमाडौं भ्याली, लुज सिंह निर्देशित सकिपाया उन्ना, सन्चु थोकर तामाङ निर्देशित तामाङ भाषाको चलचित्र श्ह्मा पिन्वा, विनायक तामाङ निर्देशित ग्याल्वो राजा, हिलारी बन्धु भुजेल निर्देशित भुजेल समुदायको चो वो ल्यांम योङ्गहौ सम्मुख कर्म, दीप नारायण राजवंशी निर्देशित राजवंशी भाषाको चलचित्र गां घर पनि यो महोत्सवमा चयन भएको छ ।
यस पटक महोत्सवमा ताइवान र नर्वेबाट पनि त्यहाँका आदिवासी चलचित्र चयन भएका छन् । जसमा नर्वेबाट निर्देशक जोहनेस भाङको ती चलचित्र फोर आवर साईट्स, रेड– स्याडेड ग्रिन र आह्की– ड्याड तथा ताइवानबाट निर्देशक चाङ चाई वेई निर्देशित ताइवानी चलचित्र १०१० कुकापुंगाने रहेका छन् ।
चलचित्रको माध्यामबाट आदिवासी जनजातिहरुको मौलिक कला–संस्कृति, भाषा, धर्म, परम्परा, प्रथाहरुको दस्ताबेजीकरण, संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यका साथ महासंघले हरेक वर्ष आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना गर्दै आएको छ ।
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह