पूर्वमन्त्री शास्त्रीको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

पूर्वमन्त्री शास्त्रीको निधनमा कांग्रेसले तीन दिन पार्टीको झण्डा आधा झुकाउने

Dhundiraj

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वमन्त्री ढुण्डीराज शास्त्रीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित गरेको छ ।

आज बसेको पार्टीको केन्द्रीय कार्यसमिति बैठकले आज, भोलि र पर्सि ३ दिनसम्म पार्टीका केन्द्रीय, प्रदेश र जिल्ला कार्यालयहरूमा कांग्रेसको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

यस्तै भोलि पार्टीका सबै तहका कार्यालय बन्द गर्ने, शास्त्रीको निधनको १३ दिनसम्म कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३औं दिनमा सम्बन्धित जिल्लामा शोक सभा आयोजना गर्ने निर्णय भएको कांग्रेसले जनाएको छ ।

शास्त्रीको अस्ति सोमबार काठमाडौं मेडिकल कलेजमा उपचारका क्रममा ८९ वर्षको उमेरमा निधन भएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds