बाघको आक्रमणबाट बाख्रा गोठालाको मृत्यु, १० भन्दा बढी बाख्रा पनि मारिए

बाघको आक्रमणबाट बाख्रा गोठालाको मृत्यु, १० भन्दा बढी बाख्रा पनि मारिए

tiger

बारा । बाराको जितपुरसिमरा उपमहानगरपालिका २१, अमलेखगञ्जमा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ।

जङ्गलमा बाख्रा चराउन गएका चन्द्र बहादुर भुलनको शव बुधबार बिहान दक्षिणकाली सामुदायिक वनभित्रको खोल्सामा बाघले खाएको अवस्थामा फेला परेको हो।उनी मंगलबार करिब ३०/४० वटा बाख्रा लिएर चराउन जङ्गल गएका थिए। तर, रातिसम्म पनि घर नफर्केपछि उनको खोजी सुरु गरिएको थियो।

बुधबार बिहानैदेखि वडा अध्यक्ष सुबास श्रेष्ठ, इलाका प्रहरी कार्यालय, अम्लेखगञ्जका प्रमुख प्रहरी नायब निरीक्षक धन प्रसाद श्रेष्ठको नेतृत्वमा प्रहरी टोली र स्थानीयवासीले खोजी कार्यलाई तीव्र बनाएका थिए।

बाघले भुलनको ज्यान लिनुका साथै दश भन्दा बढी बाख्रासमेत मारेको प्रहरीले जनाएको छ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ