विष्णुमतीको बाढीले कार बगायो, एक महिलाको सकुसल उद्धार

विष्णुमतीको बाढीले कार बगायो, एक महिलाको सकुसल उद्धार

badhi

काठमाडौं । काठमाडौंको ग्राण्डी अस्पताल नजिकैको सडकबाट खोलामा खसेको कारलाई विष्णुमतीको बाढीले बगायो।

गएराति १० बजे बागमती प्रदेश ०१–०३१ च ६१४१ नम्बरको ईभी कार ग्राण्डिबाट बानियाटारसम्म करिब डेढ किलोमिटर कार बगेको हो ।

उक्त कारमा सवार दाङ घर भइ टोखा बस्ने ३४ वर्षीया भावना वलीको भने प्रहरीले सकुशल उद्धार गरेको छ ।

कार बग्दै बानियाटार पुलमा आएर अड्किएपछि प्रहरी र स्थानीयको सहयोगमा उद्धार गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

सो कारले नम्बर नखुलेको भाडा कारलाई साइड दिने क्रममा ईभीगाडी माटोमा भासिएर खोलामा खसेको थियो ।

कार कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नम्बर–१ घर भई हाल काठमाडौंको धुम्बाराही बस्ने ३५ वर्षीय अंकुश सिंहले चलाएका थिए । चालक भने तत्काल गाडीबाट खोला किनारामा हाम फालेका थिए ।

उद्धार गरिएकी महिला र उद्धारको क्रममा घाइते भएका व्यक्तिहरूको ग्रिनसिटी अस्पतालमा उपचार भइरहेको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ