भाइको हत्या आरोपमा दाइ पक्राउ

भाइको हत्या आरोपमा दाइ पक्राउ

mrita fela

अर्घाखाँची । अर्घाखाँचीमा भाइको हत्या गरेको आरोपमा दाइ पक्राउ परेका छन्।

शितगंगाको पाखापानीका ३२ वर्षीय बमबहादुर बादीको हत्या आरोपमा उनकै ४२ वर्षीय दाइ विष्णु भनिने टेकबहादुरलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले जनाएको छ ।

दाजुभाइबीच लामो समयदेखि नै विवाद रहँदै आएको प्रहरीको भनाइ छ।

बिहीबार साँझ दुबै जनाले मदिरा सेवन गरेका थिए। त्यहीबेला उनीहरूको विवाद सुरू भएको हो।

विवाद बढ्दै गएपछि विष्णुले भाइको टाउकोमा बन्चरो प्रहार गरेको प्रहरीले जनाएको छ ।

बन्चरो प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका बमबहादुरलाई स्थानीयले तत्काल प्राथमिक स्वास्थ्य केन्द्र ठाडा लगेका थिए। उनको उपचारको क्रममा मध्यराति १ बजेतिर मृत्यु भएको हो।

मृतक बमबहादुर अविवाहित हुन्। विष्णु बहादुरका श्रीमती र छोराछोरी छन्।

घटनापछि विष्णुबहादुर फरार थिए। उनलाई राति नै पक्राउ गरी थप अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds