काठमाडौं । नेपालको संविधान २०७२ को मस्यौदा आइसकेपछि उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम, नेपालले संविधानप्रति असहमति राखी आन्दोलन गरेको थियो । आन्दोलनकारीमाथि गोली प्रहार, निर्मम दमन र धरपकड गर्दै तत्कालीन प्रधानमन्त्री सुशील कोइराला नेतृत्वको सरकारले संविधान जारी गर्यो । संविधान जारी भएको खुसीयालीमा दिपावली भइरहँदा सिंगो मधेससहितका केही जिल्लाले कालो दिन मनाए ।
आन्दोलन रोकिएन । संविधान जारी भएपछि २०७२ असोज २४ गते प्रधानमन्त्री बनेका केपी शर्मा ओली आन्दोलनप्रति झन् अनुदार देखिए । आन्दोलनकारीमाथि सरकारले बर्बर दमन गर्यो । काठमाण्डौ केन्द्रित आन्दोलन, आमहड्ताल, रिले अनसनदेखि हुलाकी राजमार्गमा विशाल मानव साङ्लो बनाएर विभिन्न स्वरुपमा आन्दोलन भयो । नेपालको संविधान २०७२ को मस्यौदा आएदेखि २०७५ जेठ १३ गतेसम्म जारी उक्त आन्दोलनमा सयौँ आन्दोलनकारी मारिए । हजारौँ आन्दोलनकारीहरु अङ्गभङ्ग र घाइते भए । कयौँलाई झुठा मुद्दा लगाइयो । दिन, महिना हैन, वर्षौँसम्म आन्दोलन भयो । सरकार टसमस भएन । आन्दोलनको रुप बदल्दै अन्ततः तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली तथा पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच २०७५ जेठ १४ गते संविधान संशोधन गर्ने र ससफो नेपाल सरकारमा सहभागी हुने गरी दुई बुँदे सहमति भयोे ।
तत्कालीन सरकार संविधान संशोधन गर्न तयार भएन । ससफो नेपाल केही समयपछि सरकारबाट बाहिरियो । जसपा नेपालले त्यसपछिका सरकारलाई पनि संविधान संशोधन गर्ने औपचारिक र अनौपचारिक सहमतिका आधारमा सरकारमा सहभागी भएर त कहिले बाहिरबाटै सरकारलाई समर्थन गर्ने गरेकै हो । संविधान संशोधनका माग र मुद्दाहरु बोकेर पार्टी सदन र सरकार र सडकसम्म पुग्यो । त्यसको मुख्य उद्देश्य पार्टीले उठाएको संविधान संशोधनको एजेण्डा सम्बोधन होला कि भन्ने थियो ।
२०८१ असार १७ गते नेपालका ठूला दुई दल नेपाली कांग्रेस र नेकपा एमाले (जसले संविधान संशोधनको माग राख्ने तत्कालीन ससफो नेपालको आन्दोलनमाथि बर्बर दमन गरेका थिए) ले नै संविधान संशोधन गर्ने सहमतिसहित गठबन्धन गरे । यो सहमतिप्रति जसपा नेपाल सकारात्मक थियो । त्यसैकारण जसपा नेपालले यसपटक अन्य थुप्रै विमतिका बाबजुद कांग्रेस–एमाले गठबन्धनको सरकारलाई निसर्त समर्थन गर्यो । प्रमुख दलहरु स्वयंले नै संविधान संशोधनको आवश्यकता र औचित्य देखेको कारण यसपटक संविधान संशोधन हुन सक्ने जसपा नेपालको अनुमान थियो । तर सधैँ झैँ उनीहरुको प्रतिबद्धता कागजमै सीमित रहने देखियो । संविधान संशोधन गर्ने सहमतिको पनि एक वर्ष पुरा हुन लाग्यो । गठबन्धन सरकारबाट संविधान संशोधन हुने कुनै संकेत, आधार र अवस्था देखिएन । सरकारलाई दिएको समर्थनको ओचित्य नरहेपछि जसपा नेपाल सरकारलाई दिएको समर्थन फिर्ता लिने निष्कर्षमा पुग्यो ।
सम्बन्धित खबर
२४ भदौको घटनाको छानबिन गर्न न्यायीक आयोग बनाउनुपर्ने काँग्रेसको अडान
सुदनले साधारण सदस्य समेत नरहने गरी पार्टी छाडे
अमृत झा रिहाइ भएको भन्दै परराष्ट्रमन्त्री खनालले गराएको जानकारी झुटो
संसद् बैठकमा फोनमा कुरा गरे, फोटो भिडियो खिचे कारबाही, सभामुखतर्फ पिठ्युँ फर्काएर बस्न नपाइने
यी सहकारीमा ऋण तिर्नुछ ? १५ दिनभित्र नतिरे सम्पत्ति लिलाम हुने (सहकारीको सूचीसहित)
गृहमन्त्रीमाथि दमनको आरोप, जेनजी मुभमेन्टद्वारा तत्काल राजीनामाको माग
यो पनि पढौँ
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?
शेखरले गगनलाई स्वीकार्दै , शशांक र धनराजसहितले छोडे देउवा समूह
अनुभवहीन नयाँ पात्रको उदयले लोकतन्त्र र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्यो: पूर्वराष्ट्रपति भण्डारी