शुक्रबार सार्वजनिक राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) माध्यमिक शिक्षा परिक्षा(एसईई) २०८१ को नतिजामा स्याङ्जाका चारजनाले ४ जिपिए ल्याएका छन् । ४ जिपिए ल्याउने विद्यार्थीमा सामुदायिक विद्यालयतर्फ एक जना र निजी विद्यालयतर्फ तीनजना रहेका छन् ।
सामुदायिकतर्फ स्याङ्जाको कालीगण्डकी गाउँपालिकाको भगवती माध्यमिक विद्यालयका प्रतीक भट्टराईले माध्यमिक शिक्षा परिक्षामा ४ जिपिए ल्याएका छन् । यस्तै, निजीतर्फ माध्यमिक शिक्षा परिक्षामा ४ जिपिए ल्याउने अर्जुनचौपारी गाउँपालिकाको अर्जुनचौपारी चिल्ड्रेन्स एकेडेमीकी किन्जन देवकोटा र वालिङ् नगरपालिकाको नेपाल आदर्श आवासीय माविका अप्सन सुवेदी, पायनियर आवासीय माविकी प्राप्ति काफ्ले रहेका छन् ।
स्याङ्जाबाट नियमितरूपमा तीन हजार ७३३ जनाले एसईई दिएकोमा दुई हजार ५१६ जना विद्यार्थी उत्तीर्ण भएको जिल्ला शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जाका प्रमुख विश्वराज आचार्यले जानकारी दिए । उत्तीर्ण मध्ये ९० जना प्राविधिक समूहका विद्यार्थीहरु रहेका छन् ।
उनका अनुसार साधारणतर्फ उत्तीर्ण भएका विद्यार्थीमध्ये ३.६ देखि ४ जिपिए प्राप्त गर्ने ३०८ जना, ३.२ देखि ३.६ जिपिए प्राप्त गर्ने ६९२ र ९१७ जनाले २.८ देखि ३.२ जिपिए प्राप्त गरी उत्तीर्ण भएका छन् । यसैगरी, २.४ देखि २.८ जिपिए प्राप्त गर्ने ४७५ जना र ३४ जनाले २.० देखि २.४ जिपिए ल्याएका छन् ।
त्यस्तै, प्राविधिकतर्फ १६ जनाले ३.६ देखि ४ जिपिए, ३४ जनाले ३.२ देखि ३.६ जिपिए, ३३ जनाले २.८ देखि ३.२ जिपिए र ७ जनाले २.४ देखि २.८ जिपिए प्राप्त गरी उत्तीर्ण भएका छन् ।
त्यस्तै, एक हजार २६० जनाले ग्रेडवृद्धि परीक्षा दिएकोमा साधारणतर्फ छ सय ८४ र ३८ जना प्राविधिकतर्फका गरी सात सय २२ जना उत्तीर्ण भएका छन् । ग्रेडवृद्धि परीक्षा दिने ५० जना प्राविधिक समूहका विद्यार्थीहरु रहेका थिए ।
गत साल भने जिल्लामै पुतलीबजार नगरपालिकाको त्रिभुवन आदर्श नमूना माध्यमिक विद्यालयका एक मात्र विद्यार्थीले माध्यमिक शिक्षा परिक्षामा ४ जिपिए ल्याएका थिए ।
सम्बन्धित खबर
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
पृथ्वीनारायण क्याम्पस इतिहास विभागमा शोधपत्र प्रस्ताव लेखन कार्यशाला
आर्थिक अभावले पढाइ नरोकिने भन्दै गल्याङ नगरपालिकाद्वारा १६७ विद्यार्थीलाई छात्रवृत्ति
स्याङ्जाको एसइईमा सामुदायिक विद्यालय उत्कृष्ट, ११ जनाले ल्याए ४ जीपीए
यो पनि पढौँ
उच्चतम् ४ जीपीए ल्याउने २८ जना विद्यार्थीले रोजे प्रतिभा मावि
शान्ति निकेतनमा कक्षा ११ का पहिलो ब्याचका विद्यार्थीलाई स्वागत र अभिमुखीकरण
प्रतिभाले नयाँ विद्यार्थीलाई सपथ खुवाउँदै गर्यो स्वागत
बेगनास तालमा पौडी खेल्ने क्रममा डुबेर युवकको मृत्यु